दश बर्षे जनयुद्धका धेरै पीडा सहेर मुलुकलाई नयाँ नेपाल बनाउने अभियानमा लागेका दलहरुको बुद्धि अँझै फिरेको जनताहरुले महसुस गर्न सकेका छैनन् ।
बस्तवमा दलहरुवीच आपनत्वको भावना भएको भए यतीवेला मुलुकमा संविधान सभाको दोस्रो निर्वाचन होईन जनताहरुले हात हातमा संविधान पाएका हुने थिए र मुलुक परिवर्तनका लागि अर्को नयाँ आधारको जन्म गराउनका लागि चुनावै भएपनि स्थानीय निकायको चुनाव हुने स्थिती आउन सक्ने थियो तर पुनः संविधान सभाको चुनाव हुने थिएन होला । यतीवेलाको चुनावी चलखेलमा सोझै देखिएको छ माऊ पार्टी एउटै छ तर माऊ भित्रका बच्चाहरुको भिन्न भिन्न दृष्टिकोणहरु देखिएका छन् । यस्ता दृष्टिकोणहरु देखिएका छन् की अर्को फरक पार्टीको मान्छेलाई हेर्ने दृष्टिकोण राम्रो छ तर आफ्नै पार्टिभित्रको फरक धारलाई हेर्ने दृष्टिकोण फरक छ यस्तो पाराले कुन चाँही नेता, नेपाल र नेपालीको हितमा होलान । राष्ट्र र राष्ट्रियताको हितमा होलान कसले कल्पना गर्न सक्छ मुलुकको यो स्थितीको । पार्टिभित्रै देखिएको गुटगत राजनीतिकै कारण मुलुकले ठोस निकास र बहुमतको सरकार पाउन सकेको छैन् । जवसम्म यसको समाधान खोजीदैन कुनै पार्टीको बहुमत हुनेवाला छैन् र मुलुकले निकास पनि पाउनेवाला छैन् ।





